देउखुरी उपत्यकाको १०२५० हेक्टर भूमिमा सिँचाइ प्रणालीको सुदृढीकरण तथा विस्तार गरी कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पु¥याउने ।
२.
प्रदान गरिने सेवाको प्रकार
(क) नहर प्रणाली सुधार र निर्माण, (ख) सिँचित क्षेत्र विस्तार, (ग) कृषि उत्पादन र उत्पादकत्व वृद्धि ।
३.
सेवा प्रदान गरिने क्षेत्र
राप्ती गा.पा., गढवा गा.पा. र लमही न.पा.को १०२५० हेक्टर भूमि
४.
सेवाग्राहीले सेवा प्राप्त गर्न पूर्ण गर्नुपर्ने कार्यविधि
सम्बन्धित क्षेत्रको उपभोक्ता समूहहरूको भेलाले कुनै स्थानमा कति परिमाणको के काम आवश्यक परेको हो, सो काम गराउन आयोजना सँग अनुरोध गर्न निर्णय सहित उपभोक्ता समितिको अनुरोध पत्र आयोजनामा पेश गर्नुपर्ने ।
५.
सेवा प्राप्त गर्न लाग्ने समयावधि
कामको प्रकृति अनुसार ।
६.
सेवा प्रदान गर्ने पदाधिकारी र निकायको कार्यक्षेत्रको विवरण
आयोजनाको कार्यालयको योजना तथा प्राविधिक शाखा र संस्थागत विकास शाखा
७.
सेवा उपलब्ध हुने प्रक्रिया
उपभोक्ता समूहको माग बमोजिम विनियोजित बजेट र स्वीकृत कार्यक्रमको परिधिभित्र रही निर्माण/मर्मत कार्य सम्पन्न गर्ने ।
८.
सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सोको विवरण
सिँचाइ नियमावली २०५४, सिँचाइ नीति २०७० र अन्य नियम अनुसार लाग्ने दस्तुर ।
९.
सम्बन्धित कानून
जलस्रोत ऐन २०४९, नियमावली २०५०, सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४, सिँचाइ नियमावली २०५४ र सिँचाइ नीति २०७०
१०.
सूचना अधिकारी
ई. सुमनन्द वली सम्पर्क नं. ०४२–५८००५४, ९८५७०८००६५
११.
गुनासो सुन्ने अधिकारी
ई. सुमनन्द वली सम्पर्क नं. ०४२–५८००५४, ९८५७०८००६५
१२.
अन्य आवश्यक विषय वा जानकारी वा पालना गर्नु पर्ने विषय भए सोको विवरण
१) कमाण्ड क्षेत्रभित्रको प्रत्येक संरचनाको सुरक्षामा उपभोक्ता समिति/कृषक सजग हुनुपर्ने । २) विपन्न लागेको अवस्थामा कृषकहरूको क्षमता बाहिरको परिस्थिति भएमा तुरुन्त आयोजनामा खबर गर्नुपर्ने । ३) प्रशासन र कूलोको मर्मत सम्भार कृषकहरूले जनसहभागिता परिचालन गरी गर्नु पर्ने ।