नागरिक वडापत्र
सि.नं. | सेवाको प्रकार | सेवाग्राहीले पु¥याउनु पर्ने प्रकृया |
|---|---|---|
१. | आयोजनाले दिने सेवा र त्यसको प्रकृति | देउखुरी उपत्यकाको १०२५० हेक्टर भूमिमा सिँचाइ प्रणालीको सुदृढीकरण तथा विस्तार गरी कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पु¥याउने । |
२. | प्रदान गरिने सेवाको प्रकार | (क) नहर प्रणाली सुधार र निर्माण, |
३. | सेवा प्रदान गरिने क्षेत्र | राप्ती गा.पा., गढवा गा.पा. र लमही न.पा.को १०२५० हेक्टर भूमि |
४. | सेवाग्राहीले सेवा प्राप्त गर्न पूर्ण गर्नुपर्ने कार्यविधि | सम्बन्धित क्षेत्रको उपभोक्ता समूहहरूको भेलाले कुनै स्थानमा कति परिमाणको के काम आवश्यक परेको हो, सो काम गराउन आयोजना सँग अनुरोध गर्न निर्णय सहित उपभोक्ता समितिको अनुरोध पत्र आयोजनामा पेश गर्नुपर्ने । |
५. | सेवा प्राप्त गर्न लाग्ने समयावधि | कामको प्रकृति अनुसार । |
६. | सेवा प्रदान गर्ने पदाधिकारी र निकायको कार्यक्षेत्रको विवरण | आयोजनाको कार्यालयको योजना तथा प्राविधिक शाखा र संस्थागत विकास शाखा |
७. | सेवा उपलब्ध हुने प्रक्रिया | उपभोक्ता समूहको माग बमोजिम विनियोजित बजेट र स्वीकृत कार्यक्रमको परिधिभित्र रही निर्माण/मर्मत कार्य सम्पन्न गर्ने । |
८. | सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सोको विवरण | सिँचाइ नियमावली २०५४, सिँचाइ नीति २०७० र अन्य नियम अनुसार लाग्ने दस्तुर । |
९. | सम्बन्धित कानून | जलस्रोत ऐन २०४९, नियमावली २०५०, सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४, सिँचाइ नियमावली २०५४ र सिँचाइ नीति २०७० |
१०. | सूचना अधिकारी | ई. सुमनन्द वली सम्पर्क नं. ०४२–५८००५४, ९८५७०८००६५ |
११. | गुनासो सुन्ने अधिकारी | ई. सुमनन्द वली सम्पर्क नं. ०४२–५८००५४, ९८५७०८००६५ |
१२. | अन्य आवश्यक विषय वा जानकारी वा पालना गर्नु पर्ने विषय भए सोको विवरण | १) कमाण्ड क्षेत्रभित्रको प्रत्येक संरचनाको सुरक्षामा उपभोक्ता समिति/कृषक सजग हुनुपर्ने । |

