परिचय
परिचय
दाङ जिल्लाको देउखुरी उपत्यका स्थित सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना(साविक प्रगन्ना तथा बड्कापथ सिंचाइ आयोजना समेत) जलस्रोत संरक्षण तथा व्यवस्थापन, नदी तथा जलउत्पन्न प्रकोप व्यवस्थापन, वाढी नियन्त्रण, सतह सिंचाइ प्रणालीको विकास र पुनर्स्थापनाका साथै जलस्रोत तथा सिंचाइ क्षेत्रको संयोजन, समन्वय, कार्यान्वयनसँगै ५८00 हे. जमिनलाई सिंचाइ सेवा पुर्याउने उद्देश्य लिई २०५५ सालदेखी कुवेत फण्ड अन्तर्गत कार्यान्वयन र निर्माण सुधारकार्यको वि.सं. २०६४ सालमा आंशिक रुपमा सम्पन्न भएको प्रगन्ना कुलो सिंचाइ आयोजना र नेपाल सरकारले आ.ब.२०६८/६९ मा ४००० हे. कृषियोग्य जमिनलाई सिंचाइ सुविधा पुर्याउने उद्देश्यले स्थापना गरेको बड्कापथ सिंचाइ आयोजनालाई एकिकृत रुपमा कार्यान्वयन गर्ने गरी संचालनमा रहेको प्रगन्ना तथा बड्कापथ सिंचाइ आयोजना लमही दाङलाई रुपान्तरण गरी साविक जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर ६ लमहीले गर्ने कार्य समेत गर्नेगरी नेपाल सरकार(मन्त्रिपरिषद्)को मिति २०८१।१२।११ मा स्वीकृत भएको विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अनुसार विभाग र अन्तर्गतका निकायहरुको संगठन संरचना हेरफेर भई आ.व.२०८२/८३ मिति २०८२ श्रावन १ गते देखी विधिवत रुपमा लमही नगरपालिका वडा नं. ५ मा स्थापना भएको हो ।
यस आयोजनाको कार्यक्षेत्र
१. प्रगन्ना सिंचाइ आयोजना,
२. बड्कापथ सिंचाइ आयोजना,
३. देउखुरी उपत्यकको सम्पूर्ण खेतीयोग्य जमिनमा सतह सिंचाइ सेवा विस्तार गर्ने,
४. बबई नदी( दाङ र सल्यान खण्डको व्यवस्थापन) र सोसँग सम्बन्धि क्षेत्रको बचावट, बाढी नियन्त्रण र तटबन्ध,
५. सारदा नदी(सारदा नदीको तल्लो खण्डको व्यवस्थापन) र सोसँग सम्बन्धि क्षेत्रको बचावट, बाढी नियन्त्रण र तटबन्ध,
६. पश्चिम राप्ती नदी (दाङ र बाँके खण्ड) र सोसँग सम्बन्धि क्षेत्रको बचावट, बाढी नियन्त्रण र तटबन्ध,

